नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय

शुक्रबार, ०८ पुस २०७९, ०७ : २३

काठमाडौं / नेपाल इन्भेष्टमेण्ट बैंकले शेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको बिहिबार सम्पन्न ३६औँ वार्षिक साधारणसभाले चार प्रतिशत बोनस शेयर र सात प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको हो ।

साधारणसभाले मेगा बैंकसँग मर्जरमा जाने निर्णय पनि पारित गरेको छ । दुवै बैंक छिट्टै मर्जर प्रक्रिया सम्पन्न गरी संयुक्त कारोबार गर्ने प्रक्रियामा छन् । बैंकले गत आवमा बैंकले रु छ अर्ब २८ करोड सञ्चालन मुनाफा तथा रु तीन अर्ब ७९ करोड खुद मुनाफा आर्जन गरेको छ ।

बैंकको चुक्ता पूँजी रु १९ अर्ब तीन करोड पुगेको छ । बैंकले अघिल्लो वर्ष एक सय ७९ अर्ब ४० करोड निक्षेप सङ्कलन गरेकोमा गत वर्ष एक सय ८६ अर्ब ७६ करोड सङ्कलन गरेको छ ।

शुक्रबार, ०८ पुस २०७९, ०७ : २३

प्रतिक्रिया