मञ्जुश्री फाइनान्स लिमिटेडले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

शुक्रबार, ०८ पुस २०७९, ११ : २३

काठमाडौँ-  मञ्जुश्री फाइनान्स लिमिटेडले  वार्षिक साधारण सभा  पुस २९ गते डाकेको छ ।
  सो सभाथापागाउँ ब्याङ्कवेट, नयाँबानेश्वर, काठमाडौँमा  बिहान ११ बजे शुरु हुनेछ ।   

 सभाले अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले संस्थापक समूहको एक सञ्चालकको राजिनामा स्वीकृत गर्ने र बाँकी कार्यकालका लागि भएको सञ्चालक नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ फाइनान्सले पुस १५ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
 

शुक्रबार, ०८ पुस २०७९, ११ : २३

प्रतिक्रिया