काठमाडौं- सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ।
संस्थाको सञ्चालक समितिको बिहीबार (पुस ७ गते) बसेको बैठकले आर्थिक वर्ष २०७८–७९ का लागि हाल कायम चुक्तापुँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँको कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ३० प्रतिशतले हुन आउने ३ करोड ६४ लाख ९२ हजार ५५१.११ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.५८ प्रतिशतले हुन आउने १९ लाख २० हजार ६६०.५८ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।
प्रतिक्रिया