बुध्द एयरका संस्थापक बस्नेतको निधन

आइतबार, १० पुस २०७९, १० : ०६

काठमाडौं / पूर्व न्यायाधीश एवम्  बुध्द एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको आइतबार राती निधन भएको छ । 

उनी सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, विभिन्न कालखण्डमा कानुन न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्यआपूर्ति मन्त्री, नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत भएका थिए।  निर्वाचन आयोगको स्थापना भएपछि २०२३ सालमा प्रमुख आयुक्त भएका थिए । 

उनले ७० वर्षको उमेरमा बुध्द एयर स्थापना गरेर  हवाई सेवामा नयाँ आयाम सुरु गरेका थिए। 

भोजपुरको दिंगलास्थित साल्मामा जन्म लिनुभएका बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एम ए, एलएलबी अध्ययन गरी नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर सेवा गरेका थिए । 

आइतबार, १० पुस २०७९, १० : ०६

प्रतिक्रिया