नर्भिक अस्पतालले डाक्यो वार्षिक साधारणसभा, बोनस र  लाभांश कति प्रतिशत ?

सोमबार, ११ पुस २०७९, १३ : ३१

काठमाडौँ-  नर्भिक अस्पतालले वार्षिक साधारणसभा डाकेको छ ।

आईपीओ निष्कासनको योजनासहित पब्लिक लिमिटेडमा रुपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिकले वार्षिक साधारणसभा आह्वान गरेको छ। 

हस्पिटलको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते शुक्रबारका दिन सो सभा थापाथलीस्थित बिएलसीको सभाकक्षमाबोलाएको हो । 

 सञ्चालक समितिबाट भएको प्रस्तावबमोजिम अस्पतालले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको प्रस्तावलाइ पारित गर्नेछ। साथै घोषित कुल लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) रहेको छ। यी दुवै प्रस्तावलाई साधारणसभाले अनुमोदन गर्नेछ।  

हाल नर्भिक अस्पतालको चुक्तापुँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ। साधारणसभाबाट २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित भएपछि चुक्तापुँजी बढेर २७ करोड रुपैयाँको उचाइमा पुग्नेछ। 


 

सोमबार, ११ पुस २०७९, १३ : ३१

प्रतिक्रिया