सिभिल बैंकको ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान सुरु

सोमबार, ११ पुस २०७९, १६ : १०

काठमाडौँ-  सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियान सुरु गरेको छ ।

 जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहले टेम्पो व्यवसायी श्रीनारायण मण्डललाई क्यूआर कोड हस्तान्तरण गरे अभियानको सुरुवात गरेका हुन् ।

सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियानको सुरुवात गर्न पाउँदा खुशी लागेको भन्दै साहले नगदरहित समाज आजको आवश्यकता भएको बताए ।


सिभिल बैंकका चिफ बिजिनेस भोला बहादुर विष्टले डिजीटल ईको सिस्टमको विकास गर्न सकिएमा समग्र जनकपुर डिजिटलमा जाने कुरामा दुई मत नभएको बताए ।

सोमबार, ११ पुस २०७९, १६ : १०

प्रतिक्रिया