कुमारी बैंक र एनसीसी बैंकले  एकीकृत कारोबार गर्दै

मंगलबार, १२ पुस २०७९, १३ : ५१

 काठमाडौँ- कुमारी बैंक र एनसीसी बैंक पुस १७ गतेदेखि एकीकृत कारोबार गर्दै छन् ।

मंसिर २५ गते सम्पन्न यी बैंकहरुको विशेष साधारण सभाले १ बराबर १ शेयर स्वाप रेशियोमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए। एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले पुस ६ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो।

पुस १७ गतेदेखि एकीकृत कारोबार शुरु गरिने भएको हुँदा डाटा माइग्रेशन प्रयोजनार्थ पुस १५ र १६ गते सार्वजनिक बिदाका दिन यी दुबै बैंकहरुले प्रदान गर्दै आइरहेको बैंकिङ्ग सेवाहरु बन्द रहने भएको छ।


 

मंगलबार, १२ पुस २०७९, १३ : ५१

प्रतिक्रिया