मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले डाक्यो वार्षिक साधारण सभा, बुकक्लोज कहिले ?

विहीबार, १४ पुस २०७९, ११ : ५८

 काठमाडौँ - मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले माघ ६ गते वार्षिक साधारण सभा डाकेको छ। 

माघ ६ गते कम्पनिले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न  दशौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा क्राउन होटल हारती, विदुर नुवाकोटमा बिहान साढे ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर, सोको कर प्रयोजनार्थसहित १० प्रतिशतका दरले नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न, अन्य लघुवित्तलाई मर्जर वा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस २२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

विहीबार, १४ पुस २०७९, ११ : ५८

प्रतिक्रिया