सेन्चुरी बैंकका  सीइओले  पाए १ करोड १५ लाख पारिश्रमिक

विहीबार, १४ पुस २०७९, १३ : ५६

काठमाडौँ-  सेञ्चुरी कमर्सियल बैंकले १ करोड १५ लाख रुपैयाँ पारिश्रमिक प्रमुख कार्यकारी अधिकृत  मनोज न्यौपानेलाइ दिएको छ ।

मनोज न्यौपानेले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नु अघि बैंकमा तुलसीराम गौतम प्रमुख कार्यकारी अधिकृत थिए । उनले २०७८ असार २० मा राजीनामा दिएपछि केही समय न्यौपानेलाई कायममुकायम प्रमुख कार्यकारीको जिम्मेवारी दिए पछि २०७९ बैशाख १ बाट प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति भएका थिए ।

बैंकले प्रमुख कार्यकारीलाई ९२ लाख २७ हजार ४ सय ४१ रुपैयाँ तलब भत्ता, ७ लाख ५ सय रुपैयाँ दशैं खर्च, ४ लाख ३३ हजार ४ सय ५१ रुपैयाँ सञ्चय कोषमा योगदान स्वरुप र अन्य विविध शीर्षकमा १२ लाख २६ हजार ५ सय रुपैयाँ गरी कुल १ करोड १५ लाख ८७ हजार ८ सय ९२ रुपैयाँ भुक्तानी गरेको हो ।

बैंकले प्रमुख कार्यकारी बाहेकका अन्य पदाधिकारीलाई तलब भत्ता बाहेक १२ करोड ३० लाख ७१ हजार ६ सय ५६ रुपैयाँ, दर्श खर्च बापतु् ०७ लाख ६७ हजार ८ सय ३६ रुपैयाँ, सञ्चय कोष योगदान अन्तर्गत ८३ लाख ९१ हजार ९ सय १७ रुपैयाँ र अन्य विविध शीर्षकमा २ करोड ८६ लाख ३८ हजार ५ सय ९७ रुपैयाँ गरी कुल १६ करोड ९८ लाख ७० हजार ६ रुपैयाँ भुक्तानी दिएको छ ।

त्यसैगरी सञ्चालकहरुलाई बैठक भत्ताबापत् ३३ लाख ५४ हजार रुपैयाँ दिएको छ भने टेलिफोन, मोबाइल र पत्रपत्रिका गरी ९ लाख ६६ हजार रुपैयाँ र अन्यमा १० लाख १२ हजार ५ सय ७१ गरी कुल ५३ लाख ३२ हजार ५ सय ७१ रुपैयाँ भुक्तानी गरेको छ ।


 

विहीबार, १४ पुस २०७९, १३ : ५६

प्रतिक्रिया