नोटबाट बनेको ब्रिकेटको  बिक्री नेपाल राष्ट्र बैंकबाट सुरु

आइतबार, १७ पुस २०७९, १२ : ३८

 

काठमाडौं/ नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोटबाट बनाएको ब्रिकेटरस्रेडेड टुक्राहरु बिक्रीमा राखेको छ।

राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभागका साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थ नगर, नेपालगञ्ज र धनगढीका प्रादेशिक कार्यालयले उत्पादन गरेको ब्रिकेट बिक्रीमा राखेको हो।राष्ट्र बैंकले सिलबन्दी बोलकबोलमार्फत ब्रिकेट बिक्री गर्न लागेको हो। कुल २ लाख ७५ हजार केजी ब्रिकेट बिक्रीमा राखिएको हो।

इच्छुक व्यक्ति तथा संस्थाले मूल्य कबुल गरेर ४५ दिनभित्र आवेदन दिन सक्छन्। मूल्य प्रतिस्पर्धाको माध्यमबाट तय हुनेछ।ब्रिकेट बनाउन ‘बीएसबीएस’ ९बैंक नोट स्रेडिङ एन्ड ब्रिकेटिङ सिस्टम० मेसिन प्रयोग गरिएको छ।

आइतबार, १७ पुस २०७९, १२ : ३८

प्रतिक्रिया