काठमाडौं – गाँजामाथि सरकारले लगाएको प्रतिबन्ध तत्काल हटाउन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसदले संसदमा आवाज उठाएका छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीकै सांसद विरोध खतिवडाले बुधवारको प्रतिनिधिसभा बैठकमा तत्काल कानून संशोधन गरी प्रतिबन्ध हटाउन माग गरेका हुन् ।
अमेरिका, क्यानडा, थाइल्यान्ड जस्ता आर्थिक रूपमा सम्पन्न देशले गाँजालाई मान्यता दिँदा नेपालमा किन मान्यता नदिएको भनी उनले प्रश्न समेत गरे । ‘अमेरिका, थाइल्यान्ड, क्यानडाले वैधानिक ढंगले बेचबिखन गरेका छन् । हामी त्यसमा प्रवेश गर्न किन चाहँदैनौं रु’ उनले प्रश्न गरे, ‘सम्पन्न मुलुकहरू प्रतिबन्धित विषयलाई वैध ढाँचा दिएर आम्दानी गर्ने, गरीब मुलुकका चेपाङ र तामाङले जेलमा बिताउनुपर्ने रु’
उपयुक्त विधि र ढाँचाबाट तत्काल नेपालमा गाँजालाई कानूनी मान्यता दिनुपर्ने सांसद खतिवडाको माग छ । नेपालमा समातिएका गाँजा नष्ट गरे पनि नेपालमै सिंहदरबार वैद्यखानाले गाँजा बाहिरबाट किनेर ल्याउने गरेको बताउँदै उनले संसद्को ध्यानाकर्षण समेत गराए ।
प्रतिक्रिया