गृहमन्त्री लामिछाने र कुलमान घिसिङबीच भेटवार्ता

मंगलबार, १९ पुस २०७९, १३ : ३१

काठमाडौँ/ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपाल विद्युत् प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ । 

उनीहरूबीच आज बिहान गृहमन्त्रालयमा भेटवार्ता भएको गृहमन्त्री लामिछानेका प्रेस संयोजक दीपक बोहराले जानकारी दिएका छन् । 

उनका अनुसार भेटमा घिसिङले लामिछानेलाई बधाई तथा शुभकामना दिएका थिए ।

मंगलबार, १९ पुस २०७९, १३ : ३१

प्रतिक्रिया