चर्चित सुपर मार्केट भाटभटेनीले बैंक अफ काठमाडौँमा रहेको आफ्नो ९ लाख ५२ हजार ७३० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । भाटभटेनीले बैंकमा रहेको कुल १७ लाख १२ हजार १४८ कित्ता सेयर मध्ये ९ लाख ५२ हजार ७३० कित्ता सेयर बिक्री गर्न चाहेको बताइएको छ।
यो सँगै बैंक अफ काठमाडौँ ९बिओके० ले उक्त संस्थापक सेयर लिलामी बिक्रीमा राखेको छ । प्रतिकित्ता २०० रुपैयाँ दर तोकिएको उक्त संस्थापक सेयर बिक्रीका लागि पहिलो प्राथमिकता संस्थापकहरू मध्यलाई हुने बैंकले बताएको छ ।
तर, हाल बैंकको संस्थापकहरू सेयरधनीहरु लिलामीको सेयर खरिद गर्न इच्छुक नभए सर्वसाधारणहरुलाई खुल्ला गरिने बैंकले जनाएको छ । इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न सक्ने बैंकले जानकारी गराएको छ ।
प्रतिक्रिया