काठमाडौँ / मंगलबार सेयर बजारको परिसूचक अघिल्लो दिनको तुलनामा सामान्य कम भए पनि कारोबार रकम भने बढेको छ । नेप्से परिसूचक ३.०३ अंकले घटेर २०६१ अंकमा कायम भयो । कुल ३ अर्ब ४५ करोडको कारोबार भयो ।
सोमबार २ अर्ब ९६ करोडको कारोबार भएको थियो । आज २ :४८ बजे नेप्से २०५२ अंकसम्म झरेकोमा अन्तिम केही मिनेटमा सुधार देखिएको हो । कुल १०७ कम्पनीको मूल्य बढ्दा १०२ को घटेको छ भने ३ को स्थिर रहको छे । ४ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । स्वेतगंगा हाइड्रोपावर, खप्तड, धौलागिरि लघुवित्त र अजोड इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट, हिमाल दोलखा हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहेका छन् । उपसमूहगत रुपमा हेर्दा बैंकिङ ३, विकास बैंक १९, फाइनान्स २१, जलविद्युत् ६, जीवन बीमा १२२, उत्पादन ३१ र निर्जीवन बीमा २३ र अन्य २६ अंकले घटेका छन् । होटल तथा पर्यटन ७७, माइक्रोफाइनान्स १११ र व्यापार उपसमूह ५८ अंक बढेका छन् ।
प्रतिक्रिया