इ.सी.आइ अवार्ड २०२२ मा आउटरिचले,  जित्यो काँस्य पुरस्कार

बुधबार, २० पुस २०७९, ११ : ५५

चीनमा सम्पन्न भएको इ.सी.आइ अवार्ड २०२२ मा नेपालको तर्फबाट आउटरिचलेउत्पादन र मोडेल नवाचार र मार्केटिङ नवाचार गरी २ विधामा काँस्य पुरस्कार जित्न सफल भएको छ ।

ग्लोबल इ.सी.आइ पुरस्कार२०२२ को विजेताहरुको घोषणा ३० डिसेम्बर, २०२२ मा गरिएको थियो । अवार्ड अन्तर्गतका तीन विधाहरु  उत्पादन र मोडेल नवाचार,मेटाभर्स 
नवीनता र मार्केटिङ नवाचार आवेदन तर्फ स्वर्ण, रजत र काँस्य अवार्ड विजेता देशहरुमाहङकङ, स्विट्जरल्याण्डरइटाली, क्यानडा, नेपाल, संयुक्त राज्य अमेरिका, युकेरसाउदी अरेबिया, ब्राजिल, थाइल्याण्ड, ताइपे सिटी, अस्ट्रिया लगायतका देशहरु रहेका छन् ।

समारोहमा इ.सी.आइ अवाडका राष्ट्रपति श्री लिजन जीया (डा.वाएन) ले चीनमा चलिरहेको महामारीको कारण यो पटक सबै सहभागीहरुलाई भौतिक रुपमा उपस्थित गराउन नसकेकोले भर्चुअल माध्यमबाट अवार्डको घोषणा गर्नु परेको बताए ।

इ.सी.आइ पुरस्कार (अन्तर्राष्ट्रिय उद्यमी, क्रिएटिभ र इनोभेटर्स एसोसिएसन)द्वारा स्थापना गरिएको हो । यो अवार्ड नव प्रवद्र्धनको प्रभावकारितालाई मानक मानेर प्रदान गरिने विश्वस्तरीय अवार्ड हो । 

बुधबार, २० पुस २०७९, ११ : ५५

प्रतिक्रिया