प्रधानमन्त्रीले गरे अर्थमन्त्री र गभर्नरसँग अर्थतन्त्रको विषयमा छलफल

बुधबार, २० पुस २०७९, १४ : ४७

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरसँग अर्थतन्त्रको विषयमा छलफल गरेका छन्।

 दाहालले अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गभर्नर महाप्रसाद अधिकारीलाई बुधबार प्रधानमन्त्री निवासमा बोलाएर छलफल गरेका हुन्।

छलफलमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा देखिएका समस्या सामाधानमा जोड दिन निर्देशन दिएका छन्। उनले बैंकिङ्ग प्रणालीमा देखिएको तरलता अभावलाई समेत सुधार गर्न निर्देशन दिएका छन्।

अहिले बैंकहरुको ब्याजदर अत्याधिक बढेर गएको अवस्थामा त्यसमा समेत दाहालले चासो राखेका छन्। बैंकिङ्ग प्रणालीमा गत डेढ वर्षदेखि नै तरलता अभाव हुन थालेको थियो। यसले गर्दा ब्याजदर निकै बढेको छ भने कर्जा परिचालन हुन सकेको छैन।

दाहालले छलफलमा अनुत्पादक क्षेत्रको कर्जामा भने कडाइ गर्नुपर्ने तर उत्पादनमूलक क्षेत्रमा भने सहज रुपमा कर्जा पाइने वातावरण बनाउनुपर्ने बताए।

अहिले अर्थतन्त्रका सबै क्षेत्रमा माग घटेको छ। उपभोग घट्दा अर्थत्रन्त्र नै संकुचनतर्फ गएको देखिन्छ। अर्थतन्त्रमा देखिएको संकुचनले गर्दा व्यवसायी समेत चिन्तित छन्। यसले गर्दा व्यवसायीहरुले पनि प्रधानमन्त्रीलाई भेटेर अर्थतन्त्रमा देखिएका समस्या सामाधान गर्न आग्रह गरेका थिए। सोहि अनुसार प्रधानमन्त्री दाहालले अर्थमन्त्री र गभर्नरसँग छलफल गरेका हुन्।


 

बुधबार, २० पुस २०७९, १४ : ४७

प्रतिक्रिया