आजबाट सातै प्रदेशबाट श्रम स्वीकृति लिन सकिने

आइतबार, २४ पुस २०७९, १२ : २२

काठमाडौँ-  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँ बाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा आज आइतबारदेखि सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ।

यसै सिलसिलामा आजदेखि श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ। यसअघि पुनः श्रम स्वीकृतिमात्रै हुँदै आएका यी कार्यालयबाट आज पुस २४ गतेदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि प्रदान हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए। 


सचिव अर्यालका अनुसार वैदेशिक रोजगार कार्यालय पोखरा र बुटवलबाट केही समय अघिदेखि नै संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा प्रदान हुँदै आएको छ। श्रम तथा रोजगार कार्यालय सुर्खेत र कैलालीको धनगढीबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुन थालेको छ। 

आइतबार, २४ पुस २०७९, १२ : २२

प्रतिक्रिया