सुवास नेम्बाङले बुझाए पाठकको घुस भिडियो

शुक्रबार, १० फागुन २०७५, ०९ : ००

काठमाडौं–सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो बिहीबार अनुसन्धान टोलीलाई बुझाएका छन् । प्रमुख आयुक्त नवीन घिमिरेको आग्रहमा उनले भिडियो दिएको खबर आजको कान्तिपुर दैनिकमा छ । 
‘पाठकलाई महाअभियोग लगाउन राखिएको भिडियो अख्तियारका अनुसन्धान अधिकृतलाई हस्तान्तरण गरेँ,’ नेम्बाङले भने । नेम्बाङले आफ्नो चश्मा राख्ने बट्टाबाट भिडियो भएको पेनड्राइभ अनुसन्धान अधिकृतलाई बुझाएका थिए । 
सार्वजनिक संस्थाका रुपमा दर्ता भएको भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिरियरिङ कलेजलाई सञ्चालक लम्बोदर न्यौपाने समूहको निजी स्वामित्वको बनाउने गरी मुद्दा मिलाउन पाठकले ७८ लाख रुपैयाँ घुस लिएका थिए । घसुसम्बन्धी भिडियो सार्जजनिक भएपछि पाठकले राजीनामा दिएका थिए ।
 

शुक्रबार, १० फागुन २०७५, ०९ : ००

प्रतिक्रिया