मतदाता नामावली सङकलन तथा अधावधिकको कार्य सुचारु हुने

सोमबार, २५ पुस २०७९, १७ : ३५

काठमाडौँ - प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति घोषणा भएको दिन २०७९/०४/१९ पश्चात स्थगित भएको मतदाता नामावली संकलन तथा अधावधिकको कार्य मिति २०७९/१०/०२ गतेदेखि ७७ वटै निर्वाचन कार्यालयबाट मतदाता नामावली प्रि- इनरोलमेन्ट प्रणाली (अनलाइन) बाट सुरु गर्नेगरी आयोगबाट निर्णय भएको छ । 

यस अनुसार कुनै व्यक्तिले बाहिरी जिल्ला मतदाता नामावली संकलन गर्न, आफ्नो मतदाता नामावलीको विवरणमा रहेको त्रुटि सच्याउन चाहेमा आवश्यक प्रमाण सहित प्रि ( इनरोलमेन्ट प्रणाली आवेदन गर्न सक्नेछ । साथै विवाह वा बसाई सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिर्वतन गर्न चाहेमा मतदाता नामावली ऐन, २०७३को दफा ९ बमोजिमका प्रमाण (विवाह दर्ता प्रमाणपत्र वा बसाई सराइ दर्ता प्रमाणपत्र) का आधारमा अनलाइन प्रणाली मार्फत सम्बन्धित निर्वाचन कार्यालयमा आवेदन दिन सकिनेछ । 

मतदाता नामावलीमा नाम भएको कुनै मतदाताको मृत्यु भएको भनी एकाघर परिवारको कुनै सदस्यले मृत्यु दर्ताको प्रमाणपत्र सहित निर्वाचन कार्यालयमा निवेदन दिन वा नागरिकता त्याग गरेको कारण मतदाता नामावलीबाट नाम हटाउनको लागि प्रमाण सहित आफै वा एकाघर परिवारको कुनै सदस्यले सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । मतदाता नामावलीमा नाम रहेको कुनै व्यक्ति उपर कसैले उजुरी दिन चाहेमा आवश्यक प्रमाण सहित सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था समेत आयोगले मिलाएको छ । 

मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै व्यक्तिले मतदाता नामावलीमा दोहोरो नाम दर्ता नगराउन तथा कानुन बमोजिम मतदाता हुन योग्य भएका सम्पूर्ण नेपाली नागरिकहरुले मतदाता नामावलीमा नाम दर्ताका लागी अनलाइन आवेदन दिन आयोगले अनुरोध गरेको छ ।   

सोमबार, २५ पुस २०७९, १७ : ३५

प्रतिक्रिया