शेयर बजारको सकारात्मक परिवर्तनलाई नयाँ सरकारलाई भरोसाको संकेतको रुपमा लिएको छु: प्रधानमन्त्री प्रचण्ड

मंगलबार, २६ पुस २०७९, १४ : ३२

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय शेयर बजारमा देखिएको सकारात्मक परिवर्तनलाई नयाँ सरकारलाई जनताले गरेको भरोसाको संकेतको रुपमा लिएको बताएका छन्।

उनले मंगलबार संसदमा बोल्दै पछिल्लो समय देखिएको पूँजीबजारको सकारात्मक सुधार नयाँ सरकारप्रतिको भरोसाको संकेत रहेको बताएका हुन।

नयाँ सरकार आएपछि शेयर बजार लगातार बढ्दो क्रममा छ। गत दुई सातामानै नेप्से करीब ३०० अंकले बढेको छ।

मंगलबार, २६ पुस २०७९, १४ : ३२

प्रतिक्रिया