रैथाने बालीको प्रदर्शनी हुने

बुधबार, २७ पुस २०७९, १७ : ५३

पोखरा - प्रत्येकवर्ष माघे सङ्क्रान्तिका दिन पोखराको ढुङ्गेसाँघुमा लाग्ने मेलामा यसवर्ष रैथाने बालीको प्रदर्शनी गरिने भएको छ । परापूर्व कालदेखि ढुङ्गेसाँघुमा लाग्ने मेलालाई प्राकृतिक मेलाका रुपमा लिइन्छ ।

मेलाका अवसरमा पोखरा महानगरपालिकाको कृषि महाशाखाले महानगरस्तरीय जैविक विविधता प्रदर्शनी मेला गर्न लागेको महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिएका छन्। विभिन्न रैथाने बाली लोप हुँदै गएका अवस्थामा तिनको जगेर्ना गर्ने उद्देश्यका साथ प्रदर्शनी गर्न लागिएको उनले बताए।

उक्त अवसरमा महानगरअन्तर्गतका ३३ वटै वडाका किसानबाट आ–आफ्ना स्थानमा उत्पादन हुने रैथाने बाली अनदी, घैया, कोदो आदि प्रदर्शनी गरिनेछ । जैविक विविधतासम्बन्धी गीत पनि प्रदर्शन गर्ने तयारी रहेको प्रमुख कडरियाले जानकारी दिए ।राष्ट्रिय कृषि जैविक विविधता वर्ष २०७९ का अवसरमा माघ १ गते राष्ट्रिय कृषि जैविक विविधता दिवस विभिन्न कार्यक्रमका साथ मनाउने सरकारको तयारी छ । 
 

बुधबार, २७ पुस २०७९, १७ : ५३

प्रतिक्रिया