सुधारिंदै बाह्य क्षेत्र, शोधनान्तर बचत ४६ अर्ब पुग्यो

शुक्रबार, २९ पुस २०७९, १४ : ५६

काठमाडौं-  आयात नियन्त्रण र रेमिट्यान्स वृद्धि हुँदा भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति)  को बचत पनि बढ्दै गएको छ ।

 शोधनान्तर घाटा चुलिंदै जाँदा अर्थतन्त्र बाह्य क्षेत्रको दबाब र तरलता दबाबलाई कम गर्न भन्दै चालिका कसिलो नीति क्रमशः खुकुलो बन्दै जाँदा बाह्य क्षेत्रमा सुधार भएको तथ्यांकहरु पनि राष्ट्र बैंकले सार्वजनिक गर्दै गएको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०७९र८० को पाँच महिना ९साउन–मंसिर० सम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजकि गर्दै शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा रहेको जनाएको छ ।


गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोडले घाटामा रहेको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको हो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको ५ महिनामा ३४ करोड ६८ लाखले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

शोधनान्तर स्थिति मात्रै नभएर चालु खातामा पनि उल्लेख्य सुधार भएको छ । गत आर्थिक वर्षको ५ महिनामै करिब ३ खर्बले घाटामा रहेको चालु खाात चालु आर्थिक वर्षको सोही अवधिमा करिब ३८ अर्बले मात्रै घाटामा रहेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको ५ महिनामा २९८ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता चालु आर्थिक वर्षको सोही अवधिमा ३७ अर्ब ९१ करोडले मात्रै घाटामा रहेको छ ।

शुक्रबार, २९ पुस २०७९, १४ : ५६

प्रतिक्रिया