विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन, भोलि सार्वजनिक बिदा दिने घोषणा

आइतबार, ०१ माघ २०७९, १५ : २५

काठमाडौँ-  पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो। 

बैठकले विमान दुर्घटनाको शोक मनाउने सोमबार सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ।

विमानमा चालक दलका ४ सदस्यसहित ७२ यात्रु सवार थिए। विमान पोखराको सेती खोँचमा खसेको दुर्घटनाग्रस्त भएको हो। 
 

आइतबार, ०१ माघ २०७९, १५ : २५

प्रतिक्रिया