नख्खुपछि कमलपोखरीमा पनि बम

शुक्रबार, १० फागुन २०७५, २१ : १७

काठमाडौं–काठमाडौंको कमलपोखरीस्थित आँगन मिठाई पसल नजिक पनि शंकास्पद वस्तु फेला परेको छ।

प्रहरीले शंकास्पद वस्तु बम हुने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली बोलाएको छ।
यसअघि शुक्रबार साँझ ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोट हुँदा २ जना घाइते भएका थिए । उनीहरुको अल्का अस्पतालमा उपचार भइरहेको छ । बम विस्फोटको कसैले जिम्मा लिएको छैन । 

शुक्रबार, १० फागुन २०७५, २१ : १७

प्रतिक्रिया