कमलपोखरीमा भेटिएको बम सेनाद्वारा निस्क्रिय

शुक्रबार, १० फागुन २०७५, २३ : ०३


काठमाडौँ– काठमाडौँ र ललितपुरमा शुक्रबार बम आतंक फैलियो । ललितपुरमा  कमलपोखरीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । 
कमलपोखरीस्थित आँगन रेष्टुरेन्टमा कालो झोलामा प्रेसर कुकर बम राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले जानकारी दिइन् । 

बम भेटिएको खबरलगत्तै  नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो । 

यता ललितपुरस्थित नक्खुमा रहेको एनसेल कार्यालयमा भएको बम विष्फोटमा तीन जना घाइते भएका छन् । 

 बम विष्फोटमा  घाइते हुनेहरुमध्ये प्रतीक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बिएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।  

शुक्रबार, १० फागुन २०७५, २३ : ०३

प्रतिक्रिया