काठमाडौँ- नेपालमा कोभिड १९ को सङ्क्रमणले व्यापारीहरूलाई दिनुसम्मको सास्ती दियो । दुई- दुई पटकको लामो बन्दाबन्दीमा सास्ती खेपेका साना व्यापारी तथा मजदुरहरू कोरोना महामारीको लहर समाप्त भएपछि कहालीलाग्दो महँगीले चिन्तित बनेका छन् ।
कोरोनाले थङथिलो बनाएको व्यापारीहरू अत्यासलाग्दो महँगीले थप पिरोलिन थालेका छन् ।
बन्दाबन्दी त सधैँका लागि अन्त्य भयो होला भन्दै जसोतसो जीवन निर्वाह गरी रहेका उनीहरू थेग्नै नसकिने महँगीका कारण चिन्तित बनेका छन् ।
लकडाउन खुलेसँगै उल्लेख्य रुपमा काम सुचारु नभए पनि केही हदसम्म राहत मिल्नेमा उनीहरू आशावादी थिए । कोरोनाको लहर र सरकार परिवर्तनका कारण महँगी बढेसँगै उनीहरूमा पुनः निराशा छाउन थालेको हो ।
काठमाडौँ नारायणटारका रिक्सा चालक रामबहादुर सुनार महँगीले आफू काठमाडौँ छाड्न लागेको बताउँछन् ।
उनी सामानको भाउ एकाएक महँगी भएकोप्रति आक्रोश पोख्छन् । लकडाउनमा जसोतसो गुजारा चलाएका उनी काठमाडौँमा टिक्नै नसकिने अवस्थामा रहेको बताउँछन् ।
४ जना रहेको उनको परिवार त्यहीँ रिक्साबाट आएको आम्दानीबाट गुज्रन्छ । काठमाडौँमा टिक्नै नसक्ने अवस्थामा रहेको बताउने उनी अब गाउँ फर्केर केही नयाँ व्यवसायको सुरुआत गर्ने बताउँछन् । ूलकडाउन पछि केही हुन्छ कि भन्ने थियो । आस मर्यो । महँगीले आकाश छोयो । अब गाउँ फर्केर केही नयाँ व्यवसाय चलाऊ कि भन्ने लागेको छू,उनले भने ।
सरकार मंहङ्गीको रमिते बनेको उनको आरोप छ । कोरोनाले आफलताफल पार्यो । फेरि महँगीले टिक्नै नसकिने अवस्थामा पुर्यायो सरकार यो सब बुजि बुजि हाम्रो रमिते बनेको छ । भागबन्डा र मिलीजुलीमै सरकारको महिनौँ जान्छू,उनले भने ।
निराश मुद्रामा देखिएका सुनार गाउँमा गएर गाई पाल्ने सोच बनाएको बताउँछन् । उनी भन्छन् "अब घर सल्लाह गरेर गाउँमा गाई पालन गर्ने सोच बनाएको छु हेरौँ के हुन्छ" ।
प्रतिक्रिया