काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा रारा राष्ट्रिय म्यूजिक अवार्ड २०७९ सम्पन्न भएको छ ।
समारोहमा नेपाली गीत संगीतमा विशिष्ट योगदान पुर्याएका स्रष्टाहरूलाई सम्मानित गरिएको थियो ।
विशिष्ट सङ्गीतकाररगायक शम्भुजीत बास्कोटा, मौलिक देउडाका अग्रज गायकरसङ्गीतकार संस्कृतीविद् नन्दकृष्ण जोशी, वरिष्ठ समाजसेवी ज्ञानेन्द्र श्रेष्ठ राष्ट्रपतिबाट सम्मानित भएका छन् ।
कर्णाली कलाकार समाज तथा कनका सुन्दारी फिल्मस्द्वारा आयोजित उक्त कार्यक्रममा विबिध मौलिक प्रस्तुतिहरूको साथै गीत सङ्गीतका ४७ विधाका विजेताहरूलाई अवार्ड प्रदान गरिएको कार्यक्रमका अध्यक्ष पदम रोकायले जानकारी दिए ।
कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक कला संस्कृति र कलाकारहरूप्रति सधैँ सम्मान तथा सहयोग रहने बताइन् ।
प्रतिक्रिया