भक्तपुरमा पुस्तक प्रदर्शनी सुरु

शुक्रबार, ०६ माघ २०७९, १४ : ४२

काठमाडौँ-  भक्तपुरमा तीनदिने पुस्तक प्रदर्शनी सुरु भएको छ। 

बिहीबार भक्तपुरको महेश्वरी बैंक्वेटमा स्टुडेन्टस् बुक फेयरको आयोजनामा प्रदर्शनी सुरु भएको हो। बुक क्लब भक्तपुरले प्रदर्शनी आयोजना गरेको हो। 

अध्यक्ष दिनेश प्रधानले पुस्तक पढ्ने संस्कृति प्रवर्द्धन गर्ने लक्ष्यसहित पुस्तक प्रदर्शनी आयोजना गरेको बताए। 

उनले विद्युतीय किताबले कारण किताब किन्नेको संख्या घट्दै गएको बताए। 

पुस्तक प्रदर्शनीमा २० भन्दा बढी पुस्तक प्रकाशक तथा वितरण संस्थाको सहभागिता रहेको प्रधानले जानकारी दिए। 

शुक्रबार, ०६ माघ २०७९, १४ : ४२

प्रतिक्रिया