काठमाडौँ- चीन भारतलगायत अन्य मुलुकहरूमा सामान निर्यात गर्दै आएको सिल्क एक्स्पोर्ट र क्लासिकल ग्रुपबीच गत बिहीबार एक व्यापारिक सम्झौता भएको छ ।
तिब्बतको बजारमा क्लसिक ग्रुपको उत्पादनको बजारीकरण तथा प्रवर्द्धन गर्ने उद्देश्यले दुई कम्पनीबीच उक्त सम्झौता भएको हो ।
कोभिडलगायतका कारणले चीनबाट निर्यात बन्द रहेकोमा पछिल्लो समय केही सयदेखि खुकुलो हुँदा निर्यात व्यवसायमा सहज देखिएको छ ।
सो सम्झौतापश्चात क्लासिकल ग्रुपद्वारा उत्पादित, नेपाली ग्राहकहरूको मन छुन सफल भएको म्याट्रेस, सिरक, बेडसिट जस्ता सामानहरूलाई सिल्क एक्स्पोर्टले चीनको स्वाशासित क्षेत्र तिब्बतको बजारमा बजारीकरण तथा प्रवर्द्धन गर्नेछ ।
उक्त सम्झौताले हाल देशले भोगिरहेको व्यापार घाटालाई केही हदसम्म भए पनि घटाउन मद्दत पुग्ने विश्वास रहेको क्लासिकल ग्रुपका प्रमुख कार्यकारी अधिकृत कैलास घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया