काठमाडौँ- तारागाँउ रिजेन्सी होटल कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको पौष २६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २६औँ वार्षिक साधारण सभा फागुन ३ गते, बुधबार, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा कम्पनीको सञ्चालक समतिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट सेयरधनीहरुलाई ८.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, सभामा, आर्थिक वर्ष २०७८र७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा(नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९र८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।
त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया