जनकपुरधाममा फागुन ५ गतेदेखि व्यापार मेला लाग्ने

१ बर्ष अगाडि

जनकपुरधाम / जनकपुरधाम उद्योग वाणिज्य सङ्घको पहलमा आगामी फागुन ५ गतेदेखि ‘जनकपुरधाम व्यापार मेला २०७९’ को आयोजना हुने भएको छ ।

व्यापार मेलाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी र प्रतिष्ठानहरुबीच अनुभव आदान प्रदान भई व्यापार, व्यवसायको विकासमा थप टेवा पुग्ने विश्वास आयोजकको छ ।

जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै व्यापार मेला फागुन ५ देखि १४ गतेसम्म जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा आयोजना हुने संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिनुभयो ।

स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने प्रमुख उद्देश्य लिइएको भए पनि मेलामा सार्क राष्ट्रहरू भारत, पाकिस्तान र बङ्गलादेशका विभिन्न क्षेत्रका व्यापारीहरूको सहभागिता रहने अध्यक्ष महासेठले बताउनुभयो ।

मेलामा १५० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ । १ लाख भन्दा बढीले मेलाको अवलोकन गर्ने अनुमान गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव मनोज कुमार साहले बताउनुभयो ।

१ बर्ष अगाडि

प्रतिक्रिया