काठमाडौँ - उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले देशको आर्थिक अवस्था सहज अवस्थामा पुग्ननसकेको अवस्थामा सबै सार्वजनिक निकायलाई खर्चमा मितव्ययियता अपनाउन निर्देशन दिएका छन् ।
अर्थमन्त्री पौडेलले सरकारी कार्यालयमा सबैतिर मितव्ययिता अपनाइदै आएको बताउदै अब सार्वजनिक कम्पनीहरूमा मितव्ययिता अपनाउन निर्देशन दिएका हुन् । राष्ट्रिय बाणिज्य बैंकको ५८ औँ बार्षिकोत्सवमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले बैंकका सबै कर्मचारीहरूलाई इमान्दार पूर्वक काम गर्न निर्देशन दिएका छन् ।
मन्त्री पौडेलले आफूले कुनै पनि निकायमा राजनीतिक हस्तक्षेप नगर्ने प्रतिबद्दता जनाएका छन् ।
प्रतिक्रिया