काठमाडौँ- गुल्मीकि ३९ बर्षिय सरस्वती भुसाललाई बिहानदेखि बेलुकासम्म होटलमा आउने ग्राहकका लागि खानेकुरा बनाउदैमा भ्याईनभ्याई हुन्छ ।
कुपण्डोल हाइटमा होटल व्यवसाय गर्दै आइरहेकी भुसाललाइ विहानदेखि सांझ नपरुन्जेलसम्म ग्राहकका लागि विभिन्न आईटम बनाउदैमा उनको दिन बित्छ । होटलमा आएका ग्राहकका लागि विभिन्न आईटम बनाउनु उनको दैनिकी हो ।
चाउमिन मम थुक्पा बनाउनु उनका लागि सामान्य भैसक्यो । १५ वर्षदेखि होटल ब्यवसाय गर्दै आईरहेकी भुसालको पसल अहिले पनि भिडभाड हुन्छ । एक्लै व्यवसाय गर्दै आईरहेकी उनि एक्लो व्यवसायमा फाईदा हुने गरेको बताउछिन् ।
५ जनाको परिवार रहेको भुसालको परिवार त्यही होटलबाट भएको आम्दानीबाट चल्छ । दुईवटा छोरी र एउटा छोरो पढाउन भुसाललाई होटल ब्यवसाय नै काफी छ ।
भुसालका श्रीमान विदेशमा छन् । विदेशमा कमाएको पैसा घर बनाउदाको रिण तिर्छिन । आफुले कमाएको पैसाले परिवार चलाउछिन । उनी भन्छिन् "व्यवसाय राम्रै चलेको छ । यहीँबाट आम्दानी भएको पैसाले मेरो परिवार चलेको छ । दुई छोरी र एक छोरा पढाउन श्रीमानलाई भनिरहनु पर्दैन । श्रीमानले कमाएको पैसाले रिण तिर्छु ।"
कुनै महिना त घर व्यवहार चलाएर पनि बचत गर्ने गरेको उनी बताउछिन ।'कुनै महिना त व्यवहार धानेर पनि पैसा बचत गर्छु । कहिले के हुन्छ कहिले के बचत त गर्नेपर्यो' उनले हास्दै भनिन् ।
प्रतिक्रिया