काठमाण्डौँ- जिल्ला प्रहरी परिसरले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ नबेच्न अनुरोध गरेको छ ।
पछिल्लो समयमा काठमाण्डौँ जिल्लाका केही पेट्रोल पम्पहरूबाट खुल्लारुपमा बोतल, जर्किन लगायतका भाँडोमा अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोप्रति सूचना जिल्ला प्रहरी परिसर काठमाण्डौँले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुला रूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर,पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय एवं भौतिक क्षति समेत हुने सुरक्षा संवेदनशील विषय भएकोले पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्लारुपमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न नगराउन प्रहरीले आग्रह गरेको छ ।
सुरक्षा संवेदनशीलताको सूचना विपरित पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानून बमोजिम हदैसम्मको कानूनी कारबाही हुने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया