प्रेम आचार्यलाइ मर्न बाध्य पार्ने को हो ?

१ बर्ष अगाडि

काठमाडौँ-  इलामका उद्यमी युवा प्रेम प्रसाद आचार्यको आत्मदाहले राज्यको अकर्मन्यताको पुष्टि गरेको छ । उनले आत्मदाह गर्नुको पछाडि राज्यले लिएका नीति, कमजोर  नियमन र नाफाखोर तथा दलाल अर्थ व्यवस्थाको पनि हात रहेको छ ।

एउटा उत्साहि र केही गरौ  भन्ने युवालाई प्रेरित गर्नुको साटो राज्य संयत्रका हरेक निकायले निरुत्साहित गर्दाको परिणाम नै उनको आत्मदाहलाई लिएको हो । यो घटनाले सरकार र अन्य गैर सरकारी क्षेत्रलाई समेत गम्भीर ढङ्गले समीक्षा गर्नुपर्ने बहस सिर्जना भएको छ । 

कुनै पनि आत्महत्याका पछाडि व्यक्तिको मात्र भुमिका हुदैन । समाजमा सिर्जित विभिन्न सामाजिक तथा आर्थिक समस्याहरु र सरकारले सञ्चालन गरेको कार्यहरु नै कारक हन्छ भन्ने प्रसिद्ध समाजशास्त्री इमाइल दुर्खिमले सन् १८९७ मा प्रकाशित आफ्नो प्रख्यात कृति ुआत्म हत्याु मा उल्लेख गरेका छन् । यसमा प्रेम आचार्यलाई आत्महत्या गर्न बाध्य पार्ने हाम्रो समाजिक तथा राजनीतिक परिवेश नै हो ।

उनले आत्महत्या गरेकै सेरोफेरोमा निजी बैंकहरुले अकुत नाफा कमाएको समाचार आएको छ । तर एउटा उद्यमी युवाले आफु सबेै क्षेत्रबाट असफल भएको र कुनै संघ संस्था र सरकारले उद्यमशिलताको लागि सहयोग नगरेको भन्दै लामो स्टाटस लेखेर संसदकै अगाडि आत्मदाह गर्न बाध्य भए । यद्यपि आत्महत्या कुनै पनि समस्याको समाधान होइन । तर यस घटनाबाट सम्बद्ध पक्ष र राज्य गम्भीर भएन भने भविष्य सुखद र सहज छैन । आजै माइतिघरमा स्व.पे्रम आचार्यको आत्महत्याबाट आक्रोशित युवाहरुले सरकारलाइ चेतावनि दिएका छन् । उनी आत्महत्या गर्न बाध्य पारिएका हुन भन्ने प्रदर्शनकारीहरुको आवाज रहेको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया