मलेसिया- क्रियटिभ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा मलेसियाको राजधानी क्वालालम्पुरमा चौथो सन्देश इन्टरनेशनल सोसल अर्वाड कार्यक्रम सम्पन्न भएको छ । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यतामा भएको भएको कार्यक्रममा विभिन्न विधामा अर्वाड प्रदान गरिएको थियो ।
उक्त समारोहमा इन्टरनेशनल सोसल अर्वाडबाट एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा, एनआरएनए आईसिसि केन्द्रीय सचिव खगेन्द्र न्यौपाने, एनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्का, एनआरएनए मलेसियाका उपाध्यक्ष राकेशप्रसाद महतो, एनआरएनए मलेसियाका युवा संयोजक तथा उपाध्यक्ष अरुण गिरी, बुद्धिजिवी तथा परोपकारी नेपाली समाज, मलेसियाका अध्यक्ष शंकरप्रसाद आर्चाय र बिजनेश सोसाईटी अफ मलेसियाका अध्यक्ष ईन्द्रनारायण लिम्बु सम्मानित भएका छन् ।
साथै, ईन्टरनेशनल सोसल अर्वाडबाट सम्मानित हुने अन्य व्यक्तिहरूमा अर्थ डबली डटकमका सम्पादक विमल श्रेष्ठ, हेमप्रसाद भट्ट, रामकुमार विष्ट, बाबुराम खतिवडा, शशिधर गैरे, ईन्टरनेशनल कोभिड हिरो अर्वाडबाट मध्यपूर्व संयोजक एनआरएनए आईसिसि सदस्य मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’, र इन्टरनेशनल टुरिजम अर्वाडबाट एनआरएनए आईसिसि सदस्य तथा पर्यटन सद्भावना दूत मलेसियाका नन्दबहादुर क्षेत्री सम्मानित भएका छन् ।
त्यस्तै, सिनियर जर्नालिष्ट अर्वाडबाट जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, सामाजिक पत्रकारिता अर्वाडबाट नयाँ सडक राष्ट्रिय दैनिकका सम्पादक ज्ञानप्रसाद पौडेल, ईन्टरनेशनल स्पोर्टस अर्वाडबाट हिमालयन फुटबल क्लवका अध्यक्ष तथा एनआरएनए स्पोर्टस एकेडमीका फुटबल मेनेजर सन्तोष कार्की, फरक विधाको उत्कृष्ठ कला अर्वाडबाट रमेश दुलाल ‘कागे’, व्यवसायी तथा समाजसेवी विकास गुरुङ्ग, ईन्टरनेशनल कोभिड हिरो अर्वाडबाट प्रविन गुरुङ्ग, ईन्टरनेशनल बिजनेश अर्वाडबाट बिबिएम ईन्भेष्टमेन्ट एलएलसि दुबई र ईन्टरनेशनल ईभेन्ट एण्ड म्यानेजमेन्ट अर्वाडबाट राजेश श्रेष्ठ सम्मानित भएका छन् ।
यसैगरी, अग्रज महिला पत्रकार अर्वाडबाट सारदाकुमारी पौडेल, ईन्टरनेशनल म्युजिक अर्वाडबाट जेनिश उप्रेती, ईन्टरनेशनल सोसल अर्वाडबाट रमेश उप्रेती, ईन्टरनेशनल फिल्मी जर्नालिष्ट अर्वाडबाट रविचन्द्र अधिकारी, सामाजिक पत्रकारिता अर्वाडबाट हर्क बहादुर विक, सामाजिक अभियान्ता अर्वाडबाट सरु विक, बेष्ट जर्नालिष्ट अर्वाडबाट चित्रबहादुर थापा मगर, उत्कृष्ट आइटी अवार्डबाट सुरेन्द्र चालिसे, बेष्ट आर्टिस्ट अर्वाडबाट सुशान्त श्रेष्ठ, ईन्टरनेशनल सोसल अर्वाडबाट केदार चौलागाई सम्मानित भएको आयोजकले जनाएको छ ।
ईन्टरनेशनल खेलाडी, प्रशिक्षक तथा रेफ्री अर्वाडबाट मोहन चन्द, भर्सटाइल स्पोर्टस पर्शानालिटी तेक्वान्डो अर्वाडबाट रमिला खत्री, उत्कृष्ट ग्रामिण पत्रकारिता अर्वाडबाट मेगराज खड्का, उत्कृष्ठ ग्राफिक डिजाइनर अर्वाडबाट बाशु श्रेष्ठ, सामाजिक पत्रकारिता अर्वाडबाट राम सिंह ठगुन्ना र पब्लिक हिरो अवार्डबाट सन्तोष देउजा सम्मानित भएका छन् ।
मलेसिया र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा रहेका हरेक नेपालीको समस्या समाधानका लागि पहल गरिरहेको बताएका छन् । क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्टको आयोजनामा मलेसियाको क्वालालम्पुरमा आयोजित चौथो सन्देश इन्टरनेशनल सोसल अर्वाड कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पौडेलले यस्तो बताएका हुन् ।
राजदूत पौडेलले श्रमिक नेपालीहरूको हकहितको लागि निरन्तर कृयाशिल रहको बताउँदै मलेसियामा रहेका सबै नेपालीको सुख दुःखमा राजदूतवास सधैं साथमा रहेको जनाए ।
गैरकानुनी ढङ्गले मलेसिया बसिरहेका र समस्यामा परेका हजारौँ नेपालीहरूलाई उद्धार गरिरहेको स्मरण गर्दै राजदूत पौडेलले रोजगारीमा मलेसिया आउँदा सबैंकुरा बुझेर मात्रैं आउन अनुरोध गरे । साथै उनले हरेक नेपालीको समस्या समाधानको निम्ती दुतावासले पहल गरिरहेको प्रष्ट पारे ।
उनी भने, “राजदूतले मलेसियामा गैरकानुनी रूपमा बसिरहेका र समस्यामा परेका हजारौँ नेपालीहरूलाई उद्दार गरिरहेको छ । यहाँ रहेका हरेक नेपालीको समस्या समाधानको निम्ती दुतावासले पहल गरिरहेको छ ।”
कार्यक्रमका बिशिष्ट अतिथि गैर आवासिय नेपाली सघ एनआरएनए आईसिसि केन्द्रीय सचिव एवम ईन्टरनेशनल सोसल अर्वाडबाट सम्मानित खगेन्द्र न्यौपानेले प्रवासमा रहेका नेपालीहरूको हकहितको निम्ती व्यक्तिगत र सस्थागत रूपमा क्रियाशिल रहेको बताए । समस्यामा परेका नेपालीहरूको उद्धार, राहत तथा सहयोगमा आफु निरन्तर सक्रिय रहेको बताउँदै न्यौपानेले प्रवासमा कमाएको रकम नेपालमा लगानी गर्न आह्वानसमेत गरे ।
आयोजक क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्टले सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरूलाई सम्मान स्वरूप अवार्ड कार्यक्रम गरिएको कम्पनीका अध्यक्ष सुनिल खड्काले जानकारी दिए । यस बर्ष जिरो माईल ९रिमिक्स धमाका०सँगको सहकार्यमा सयुक्त रूपमा अवार्ड वितरण समारोह आयोजना गरिएको थियो ।
उक्त समारोहपछि आयोजित साँस्कृतिक कार्यक्रममा आनन्द कार्की, प्रीति आले, खेम सेन्चुरी, जेनिस उप्रेती, अञ्जली अधिकारी, प्रीति पासवानले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा बिशिष्ट अतिथि गैर आवासिय नेपाली संघ एनआरएनए आइसिसिका मध्यपूर्व संयोजक एवम् कोभिड हिरो अर्वाडबाट सम्मानित मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ले अर्वाडले सामाजिक क्षेत्रमा क्रियाशिल हुन उर्जा थपेको बताए । उनले लामो समयदेखि प्रवासमा रहेर प्रवासी नेपालीहरूको हकहितका निम्ती क्रियाशिल गोर्खालीले कोभिडको समयमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा हिमालयन फुटबल क्लवका अध्यक्ष तथा गैर आवासिय नेपाली सघ एनआरएनए स्पोर्टस एकेडमीका फुटबल मेनेजर सन्तोष कार्की सहकार्य सस्था जिरो माईलका अध्यक्ष, तथा गैर आवासिय नेपाली सघ एनआरएनए स्पोर्टस एकेडमीका मेनेजर राजेश श्रेष्ठ, गैर आवासिय नेपाली सघ एनआरएनए आईसिसि सदस्य नेत्र केसी, गैर आवासिय नेपाली सघ एनआरएनए आईसिसि सदस्य तथा मलेसियाका लागि पर्यटन सद्भावना दूत नन्दबहादुर क्षेत्री, गैर आवासिय नेपाली सघ एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा, बरिष्ठ लेखक सामाजिक व्यक्तित्व रामकुमार बिष्ट, नेपाल पत्रकार महासघका केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेल, नेपाली जनप्रगतिशिल मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डे, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजि बगालेलगायतका अतिथिहरूको उपस्थिती रहेको थियो ।
यस्तै, कार्यक्रममा गैर आवासिय नेपाली सघ एनआरएनए मलेसियाका उपाध्यक्ष राकेशप्रसाद महतो, गैर आवासिय नेपाली सघ एनआरएनए मलेसियाका उपाध्यक्ष तथा युवा संयोजक अरुण गिरी, बुद्धिजिवी तथा परोपकारी नेपाली समाज, मलेसियाका अध्यक्ष शंकरप्रसाद आर्चाय लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया