काठमाडौँ- नेपाल सरकार, आन्तरीक राजश्व विभाग एवं सो अन्तर्गतका विभिन्न आन्तरीक राजश्व कार्यालयहरु र नेपाल प्रहरीका तर्फबाट बजार अनुगमन एवं अनुसन्धान कार्यलाई सक्रियतापुर्वक तिब्रता दिएका कारण देशका बिभिन्न भागबाट विभिन्न किसिमका अबैध मदिरा, चोरी पैठारीका मदिरा, नक्कली अन्तःशुल्क टिकट भएका मदिरा, सुर्तिजन्य पदार्थ सहितका अन्तः शुल्कजन्य पदार्थहरु बरामद गरि सो कसुरमा संलग्न व्यक्तिहरुलाई थुनामा राखि अनुसन्धान कार्य अघि बढाएको भन्ने समाचार प्रति यस संघको ध्यानाकृष्ट भएको छ ।
साथै यस्ता अबैध कारोवारलाई नियन्त्रण गर्न नेपाल सरकार, आन्तरीक राजश्व विभाग एवं सो अन्तर्गतका विभिन्न कार्यालयहरु र नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रति यस संघको तर्फबाट धन्यवाद ज्ञापन गरेको छ ।
विगतमा पनि अबैध मदिराका कारण मानिसको जनस्वस्थ्यमा समेत असर परेको साथै ज्यानै जाने सम्मको कार्यहरु भएको समाचार आएको र मदिरा जस्तो सम्बेदनशिल बस्तुको उत्पादन गर्दा उत्पादकले सम्बन्धित निकायबाट लाईसेन्स लिई नेपाल सरकारले तोकेको मापदण्ड अनुसार ल्याव परिक्षण गरि स्वीकृती प्राप्त गरेर मात्र गर्नु पर्ने एवं बिक्रि गर्दा समेत अनुमति पत्र लिएकाले मात्र बिक्रि गर्न पाउने कानूनी प्राबधान रहेको संघको भनाई छ ।
अबैध मदिराको उत्पादन एवं बिक्रि वितरणबाट सरकारको राजश्वमा असर पर्नु का साथै यस किसिमका अबैध मदिराको आयात, उत्पादन, बिक्रि वितरण एवं उपभोगले देशको राजश्व, कानून बमोजिम स्थापीत उद्योगहरुको व्यवसायीक ख्याती, सृजित रोजगारी एवं जनस्वास्थ्यमा समेत गम्भिर असर पर्न जाने तथ्य प्रति सचेत रहन सम्बन्धित सवै लाई संघले हार्र्दीक अनुरोध गरेको छ ।
साथै यस किसिमका अबैध गुणस्तरहिन र मापदण्ड विपरितका उत्पादनहरुले राष्ट्र, समाज, व्यवसाय र व्यक्तिमा पार्ने गम्भिर नकारात्मक प्रभावको बारेमा सचेत रही यस किसिमका कार्यहरु कहि कतै भएको जानकारी आएमा सचेत नागरिकको हैसियतले सम्बन्धित नेपाल सरकारका निकायहरुमा सूचना दिई त्यस्ता अबैध कारोवारीहरु लाई कानूनी कारवाहिको दायरामा ल्याउन सहयोग गरिदिन पनि संघले हार्दिक अपिल गरेको छ ।
प्रतिक्रिया