तस्बिर : आजको अर्थ
ललितपुर- ललितपुरको कुपण्डोलमा लेहेङ्गा बेच्दै आइरहेकी तीस वर्षीय किरण महर्जन खुसी देखिन्छीन् ।
आफूले सोचे भन्दा पनि बढी व्यापार हुन थालेपछि महर्जन खुसी देखिएकी हुन् । विवाहको सिजनमा मासिक ३ लाखसम्मको व्यापार गर्ने महर्जन कुनै महिनामा त आफूले सोचेभन्दा पनि धेरै व्यापार हुने गरेको बताउँछिन् । उनी भन्छन्, ‘कुनै महिनामा त अपेक्षा भन्दा पनि धेरै व्यापार हुन्छ ।’
लेहेङ्गा मात्र नभई अन्य क्याजुयल, मेन्स ड्रेसको साथै सर्टिङ ९ सुटिङ पनि गर्ने गरेको उनी बताउँछिन् । ५ जनाको परिवार रहेको महर्जनको गुजारा यहीँबाट आएको आम्दानीबाटै चल्छ । विवाहको सिजनबाहेक अन्य सिजनमा डेढ लाखसम्मको व्यापार गर्ने महर्जन सटर भाडा कटाएर मासिक ५० देखि ६० हजारसम्म बचाउने गरेको उनी बताउँछिन् ।
यसरी आरासु बुटिकबाट व्यापार गर्दै आईरहको महर्जनको परिवार यहीँबाट आएको आम्दानीबाट चलिरहेको छ ।
-नीशा ढकाल
प्रतिक्रिया