क्रस होल्डिङ भएका तीन कम्पनीका अध्यक्ष र मर्जर कमिटिको टोली बीमा प्राधिकरणमा

बुधबार, १८ माघ २०७९, १६ : २९

काठमाडौं- नेपाल बीमा प्राधिकरणले क्रस होल्डिङ भएका तीन कम्पनीका अध्यक्ष र मर्जर कमिटि बोलाएर आज छलफल गरेको छ ।

 नेपाल इन्स्योरेन्स, आइजीआई र प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष र मर्जर कमिटिबीच आज प्राधिकरणमा छलफल भएको हो।


बीमा प्राधिकरणले चैत मसान्तभित्र क्रस होल्डिङ हटाउन र मर्जरको प्रस्ताव अघि बढाउन सुझाव दिएको छ । नियामक निकाय बीमा प्राधिकरणले पटक पटक मर्जरमा जान लिखित तथा मौखिक रुपमा निर्देशन दिँदा समेत उनीहरुले अटेर गरेको भन्दै आज छलफलको लागि बोलाएको हो ।

तीन वटै बीमा कम्पनीहरुमा आर्ईएमई ग्रुपको क्रस होल्डिङ रहेको छ । सो मध्ये नेपाल इन्स्योरेन्स नेपाल सरकारको समेत लगानी भएको कम्पनी हो ।
आईएमई जनरल इन्स्योरेन्स कम्पनीको सम्पूर्ण व्यवस्थापन आईएमई ग्रुपबाट हुँदै आएको छ भने प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा पनि ग्रुपकै हस्तक्षेप रहने गरेको जनाइएको छ ।

बुधबार, १८ माघ २०७९, १६ : २९

प्रतिक्रिया