पर्यटन प्रवर्द्धन गर्न माघ २४ र २५ गते पसगाउँ महोत्सव

१ बर्ष अगाडि

लमजुङ – लमजुङको क्व्होलासोंथार गाउँपालिका ६, पसगाउँमा माघ २४ र २५ गते १३ औं महोत्सव हुने भएको छ ।

गुरुङ जातिको कला संस्कृति, भेषभूषा तथा भाषाको संरक्षण र संवर्द्धन गर्दै निम्नस्तर आय भएका जनताको आर्थिक एवम् सामाजिक जीवनस्तर उकास्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको पसगाउँ सामुदायिक होमस्टेका अध्यक्ष  बलराम गुरुङले बताए । उनका अनुसार वि.सं. २०६० साल वैशाख १६ र १७ गते प्रथम पसगाउँ महोत्सव आयोजना गरिएको थियो ।

ग्रामीण पर्यटनको विस्तार गर्ने, लोक संस्कृतिको संरक्षण एवम् संवर्द्धन गर्ने, स्थानीय हस्तकला प्रर्दशनी गर्ने, पसगाउँलाई देश विदेशमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष गुरुङले बताए ।

हाल २१ घरमा होमस्टे संचालनमा रहेको गाउँमा भूपू सैनिकहरुको अगुवाइमा क्व्होम्रेडाँडामा पिकनिक स्पटको निर्माण गरिएको छ । खानेपानी तथा विजुली बत्तीको पनि व्यवस्था रहेको उनले बताए ।

कृष्णचरित्र नृत्य, झयाउरे नाच, सारंगी नृत्य, घाँटु जस्ता लोपोन्मुख नृत्यहरुको लागि पसगाउँ परिचित छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया