राष्ट्रिय बीमा संस्थानले माग्यो करार सेवामा कर्मचारी

विहीबार, १९ माघ २०७९, १२ : ४७

काठमाडौं- राष्ट्रिय बीमा संस्थानले करार सेवामा रोजगारको अवसर खुलाएको छ ।

 कम्पनीले पाँच पदका लागि करार सेवामा कर्मचारी माग गरेको हो ।

संस्थानले चार्टर्ड एकाउन्टेन्ट (सीए) २ जना, सेमीक्वालिफाइड सीए ४ जना, कम्प्युटर अधिकृत १ जना, कानुन अधिकृत १ जना र एक्चुरी (सहायक) २ जना गरी कुल १० जना कर्मचारी माग गरेको हो ।

सो पदहरुका लागि संस्थानले सीएका लागि स्नातक तह उत्तीर्ण गरी सीए सरहको उपाधि प्राप्त गरेको र कम्प्युटर अधिकृतका लागि ब्याचलर सफ्टवयेर इन्जिनियरिङ्ग, कानुन अधिकृतका लागि कानुन विषयमा स्नाकोत्तर तह उत्तीर्ण र एक्चुरीका लागि म्याथम्याटिकल साइन्समा स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीले तोकेबमोजिम दरखास्त पेश गर्न सक्नेछन् ।

विहीबार, १९ माघ २०७९, १२ : ४७

प्रतिक्रिया