बैंकिङ कसुर मुद्धाका आरोपीहरु धमाधम पक्राउ

शुक्रबार, २० माघ २०७९, ११ : २१

काठमाडौँ- बैंकिङ कसुर मुद्धाका चार जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । 


केन्द्रीय अनुसन्धान ब्युरो र उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले फरक फरक मुद्धाका विभिन्न व्यक्ति विभिन्न स्थानबाट पक्राउ गरेको हो । 
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका –३२ कोटेश्वर बस्ने ४३ वर्षीय रोशन खत्री, भक्तपुर नगरपालिका तेखाचो –३ बस्ने ३९ वर्षीय गौतम भौगुठी र काठमाडौं तार्केश्वर नगरपालिका –११ मनमैजु बस्ने नुवाकोट ककनी गाउंपालिका –६ घर भएका ४२ वर्षीय राजकुमार लामा छन् । 


यसैगरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि बैंकिङ कसुर मुद्धाका विभिन्न फरार प्रतिवादीहरुलाई विभिन्न ठाउंबाट पक्राय गरिरहेको छ। उनीहरुलाई आफ्नो बैंक खातामा प्रयाप्तमौजदात रकम नभएको दिएको चेकको रकम भुत्तान हुन नसकेकोघटनामा अदालतले उनीहरुमाथि यक्त फैसला गरेको प्रहरीले जनाएको छ ।    

शुक्रबार, २० माघ २०७९, ११ : २१

प्रतिक्रिया