अर्थमन्त्रालयमा जिम्मेवारी हेरफेर

शुक्रबार, २० माघ २०७९, १५ : ५३

काठमाडौं - अर्थमन्त्री विष्णु पौडेलले मन्त्रीपरिषद कार्यालयबाट सरुवा भएर आएका १० जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।

 मन्त्रालयको महत्वपूर्ण महाशाखा मानिने बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी धनीराम शर्माले पाएका छन् भने आर्थिक सहायता समन्वय महाशाखा प्रमुख कृष्ण नेपाल बनेका छन् । 

यसैगरी वित्त क्षेत्र व्यवस्थापन तथा संस्थापन समन्वय महाशाखा प्रमुखको जिम्मेवारी झक्कप्रसाद आचार्यले पाएका छन् । त्यस्तै प्रशासन महाशाखा प्रमुखमा लक्ष्मीप्रसाद नीरौला, वित्तीय संघीयता समन्वय महाशाखा प्रमुखमा इश्वरीप्रसाद अर्याल तोकिएका छन् भने रितेशकुमार शाक्य र सुमन दाहाल क्रमशः राजस्व व्यवस्थापन महाशाखा प्रमुख र आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखको जिम्मेवारीमा छन् । साथै कमलप्रसाद भट्टराई र सेवन्तक पोखरेलले भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारीमा तोकिएका छन् । 
 

शुक्रबार, २० माघ २०७९, १५ : ५३

प्रतिक्रिया