बेलहियाको आइसीपी निर्माणको काम छिटो अगाडि बढाउँछौँ : अर्थमन्त्री पौडेल

१ बर्ष अगाडि

काठमाडौँ - उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्र सेवक कर्मचारी नै स्थायी सरकार रहेको बताएका छन् । 

गृह जिल्ला रुपन्देही आएका मन्त्री पौडेलले जिल्लास्थित सरकारी कार्यालयहरूको प्रमुखसँगको छलफलमा बोल्दै हामी आउने जाने भएपनि राष्ट्रसेवक कर्मचारी धेरै समय रहिरहने भएकोले यो स्थायी सरकार रहेको र राज्यको अति महत्वपूर्ण स्तम्भ रहेको बताए ।

राष्ट्रसेवकको रुपमा सम्मान गर्दै उनले राष्ट्रसेवक कर्मचारी र उनको व्यवहारबाट सरकारको मुल्याङकन हुने हुदा जनता प्रति नम्र भएर मिठो भाषमा हुने काम गर्न र नहुने काम यो यो कारणले हुदैन भनेर राख्न निर्देशन दिए । सेवाग्राहीलाई सेवा प्रवाहमा हुँदैन भन्ने शब्दको सुरुवात पनि रुपन्देहीबाट राष्ट्रसेवक कर्मचारीले गर्न सकुन उनले भने ।

जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न यहाँहरूको महत्वपूर्ण भूमिका हुने भएकोले अर्थमन्त्री पौडेलले कार्यालय प्रमुखहरूलाई अन्तरचेतनाद्वारा निर्देशीत भई आफ्ना जिम्मेवारी प्रभावकारी ढंगले पुरा गर्न निर्देशन दिए । सविधान, कानुन निर्णय र निर्देशनहरूको सिमामा रहेर कर्यान्वयन कसरी गर्ने भन्ने विषयमा केन्द्रित भई जिम्मेवारी पुरा गर्नुपर्ने बताए । 

मन्त्रालय सम्बन्धमा बोल्दै अर्थमन्त्री पौडेलले आइसीपी भन्सारको महत्वपूर्ण प्रबन्ध हो, बेलहियाको आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने चाहाना भएकोले भन्सारमा आइसीपीको लागि नेपालको तर्फ साइड क्लीयरेन्सको काम अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीको सहयोगमा भन्सार प्रमुखलाई निर्देशन दिए । साइड क्लीयर गरी समकक्षीहरूको संवादमा शिलान्यासको मिति तय गर्ने र काम सुरु गर्ने परिस्थिति छिटोभन्दा छिटो निर्माण गर्न आग्रह गरे ।

गौतमबुद्ध विमानस्थलले सेवा पनि दिने, रिटर्न पनि दिने र आवश्यकता रहेकोले सेतो हात्तीको रुपमा भन्ने कुरा उठेपनि अहिले व्यवस्थित रुपमा सञ्‍चालन गर्न केही समस्या छन् । सम्बन्धित कार्यालयहरू एक ठाउँ बसेर कसले कुन काम कहिलेसम्म गर्ने भन्ने विषयमा प्रभावकारी रुपमा व्यवस्थापन गर्नुपर्ने बताए । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया