तेह्रथुम पावरको वित्तीय विवरण प्रकाशित

१ बर्ष अगाडि

काठमाडौं- तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । 

प्रकाशित विवरणअनुसार कम्पनीको नाफा गत आवको तुलनामा घट्न पुगेको हो ।

पुष मसान्तसम्ममा कम्पनीले ६ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ९६.१४५ ले थोरै हो । गत वर्ष यसले १ करोड ७१ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्ममा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ८ करोड ६४ लाख रुपैयाँबाट घटेर ८ करोड २७ लाखमा झरेको छ । यस्तै, कम्पनीको वित्तीय खर्च ३ करोड ८८ लाख रुपैयाँबाट बढेर ५ करोड २१ लाख रुपैयाँ पुगेको छ । बिजुली बिक्रीबाट हुने आम्दानी घट्दा र कम्पनीको वित्तीय खर्च बढ्दा नाफा घट्न पुगेको छ ।

चबयता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्ष ८ रुपैयाँ ५९ पैसा (बार्षिक) रहेको यसको प्रतिसेयर आम्दानी यो त्रैमासमा घटेर ३३ पैसा (बार्षिक) मा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ छ । हाल यसको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । यसको रिजर्भ कोष भने ९ करोड ७५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया