राष्ट्रिय बीमा संस्थानद्धारा जीवन बीमा अभिकर्ता तालिम सम्पन्न

१ बर्ष अगाडि

काठमाडौं-  राष्ट्रिय बीमा संस्थानको बिरगंज शाखाले माघ १९ गते देखि २१ गते सम्म जीवन बीमा अभिकर्ता सम्बन्धि ३ दिने आधारभूत तालिम सम्पन्न गरेको छ ।

तालिम सम्पन्न पश्चात नेपाल बीमा प्राधिकरणले तोकेको मापदण्ड अनुसार परीक्षा संचालन गरिएको थियो । तालिमको संयोजक बिरगंज शाखा कार्यालयका प्रमुख अमित श्रीवास्तवले गरेका थिए । बजार व्यस्थापन विभागका सहायक व्यवस्थापक सुजित प्रसाद शाहको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा उल्लेखनीय रुपमा सहभागिता रहेको थियो ।

साथै राष्ट्रिय बीमा संस्थानले अरु शाखा कार्यालयमा पनि तालिम कार्यक्रम राखेको हुनाले इच्छुक व्यक्तिले तालिममा सहभागी हुन् सक्नेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया