हेल्प फर ह्यूमानीटि नेपालले गर्‍यो शैक्षिक सामाग्री वितरण

१ बर्ष अगाडि

काठमाडौँ- मानवताको लागि सहयोग नेपाल (हेल्प फर ह्यूमानीटि नेपाल, एचएचएन) ले  ‘हाम्रो इच्छा, सबैलाई शिक्षा’ नारा सहित शैक्षिक सामाग्री वितरण गरेको छ । गैह्र नाफा मुलक संस्था एचएचएनले कापी कलम अभियान अन्र्तगत शैक्षिक सामाग्री वितरण गरेको हो ।

त्यस अभियान अन्तरगत संस्थाले काठमाडौंको झोरमा रहेको झोर महांकाल माध्यमिक विद्यालयमा शैक्षीक सामाग्री वितरण गरेको छ । संस्थाले कक्षा दुईका विद्यार्थीहरुलाई कापी कलम र सार्पनर वितरण गरेको हो ।

शैक्षीक सामाग्री हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष मुधुसूदन ध्वज खड्काले सहयोग गर्न पाउँदा निकै खुशी भएको बताए । उनले भने, ‘यस विद्यालयलाई सहयोग गर्न पाउँदा संस्थालाई निकै हौसला मिलेको र आगामी दिनहरुमा पनि यस्तो कार्यलाइ निरन्तरता दिनेछौं ।’

यस्तै विद्यालयका सहायक प्रधानध्यापक रमेश कुमार अधिकारीले संस्थाको सहयोग प्रति कृतज्ञता व्यक्त गरे । ‘एचएचएन संस्थाले हाम्रो विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराउनु भएको छ । त्यसको लागि म हाम्रो विद्यालय संस्था प्रति आभारी छु ।’ उनले भने ।

कापी कलम अभियानको उद्धेश्य आर्थिक रुपमा कमजोर रहेका विद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक सामाग्री वितरण गरेको संस्थाका अध्यक्ष खड्काले  जानकारी गराए ।

१ बर्ष अगाडि

प्रतिक्रिया