बीमा प्राधिकरणले  बीमा जनचेतना जगाउन अपनायो फरक बाटो

सोमबार, २३ माघ २०७९, ०९ : ३५

काठमाडौं- नेपाल बीमा प्राधिकरणले बीमा जनचेतना जगाउन फरक बाटो अपनाएको छ ।

 प्राधिकरणले नेपालका विकट तथा दुरदराजका आम जनतालाई बीमा सम्बन्धि जनचेतना फैलाउने उदेश्यले रेडियो कार्यक्रम संचालनमा ल्याएको हो ।

प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक कार्यक्रम तयार पार्दै रेडियो कार्यक्रम मार्फत देशभर एकसाथ जानकारी दिदै आएको छ ।
प्राधिकरणले नेपाल एफएम नेटवर्क मार्फत देशैभर साताको दुई दिन कार्यक्रम प्रसारण गर्दै आएको हो ।

प्राधिकरणले रेडियो कार्यक्रममा बीमा गतिविधि, बीमा विश्लेषण, बीमा संवाद, बीमा सम्बन्धी महत्वपुर्ण तथ्याङ्क लगायतका सामाग्रीहरु समावेश गर्दै आएको छ । हालसम्म रेडियो कार्यक्रम मार्फत प्राधिकरणले ७ वटा एपिसोड प्रसारण गरिसकेको छ । चालु आर्थिक वर्षभर यस कार्यक्रमलाई निरन्तरता दिने प्राधिकरणले जनाएको छ ।

सोमबार, २३ माघ २०७९, ०९ : ३५

प्रतिक्रिया