चार वर्षमा १० पटक भाडावृद्धि यातायात व्यवसायीको दादागिरी

सोमबार, २३ माघ २०७९, ०९ : ४२

काठमाडौं- नेपाल आयल निगमले इन्धनकोमूल्य दुई पटक घटाइसक्यो ।तर यातायात व्यवसायीले भाडादर भने घटाएका छैनन् यातायात व्यवस्था विभागको भाडादर अनुसार काठमाडौंदेखि कपिलवस्तु चन्द्रौटासम्म बस, डिलक्स बस र निनीवसको भाडा सात सय ५० रुपैंया मात्र लाग्नुपर्ने हो। करिब तीन सय २५ किलोमिटरको यो दुरीमा चल्ने यातायातका साधनले भने विभागले तोकेभन्दा दुई गुना बढी भाडा असुल्ने गर्छन । 

यस रुटमा चल्ने साधनहरुले विभागले तोकेभन्दा दोब्बरभाडा असुल्दै आए पनि विभाग मुकदर्शक बनेको यात्रुहरुको गुनासो छ । पेट्रोलियम पदार्थकोमूल्य बढेको बहानामा भाडादर बढाएका व्यवसायीले मूल्य घट्दा भने भाडा घटाएका छैनन् । विभागका अनुसार जतिसुकै सुविधा दिए पनि दोब्बर भाडा लिन पाईंदैन । यातायात व्यवसायीको यो दादागरी कहिले अन्त्य होला ?एक जना पीडित यात्रुले आजको अर्थसित आक्रोश पोखे । 

यातायात व्यवसायीहरुकै संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुासर व्यवसायील ेडिलक्स तथा सुपर डिलक्स सुविधा दिए पनि विभागले तोकेको भाडादरभन्दा २०–३५ प्रतिशत बढी लिन सक्छन् । तर दोब्बर भाडा भने लिन पाउंदैनन । यो नियम पनि सुविधाजनक लक्जरी बसका लागि मात्र हो । सामान्य बस,मिनीबस र माइक्रोबसले विभागले तोकेकैभाडादरमा यात्रुलाई गन्तब्यसम्म पुर्याउनुपर्छ । 

सरकारले पछिल्लो डेढ महिनामा दुईपटक पेट्रोलियम पदार्थको मूल्इ घटाए पनि यातायात व्यवसायीले भने भाडादरर समायोजन गर्न आनाकानी गरेका छन् । व्यवसायीले झैं यातायात विभागले पनिनयांभाडादर कायम गरेको छ । यसअघि पछिल्लो पटक विभागले असारमा भाडादर समायोजन गरेको थियो । तर त्यसयता डिजेल पेट्रोल सहित इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगमले डेढ महिनामा पेट्रोल तथा डिजेलमा प्रतिलिटर ६ रुपैंया घटाएको छ । २०७५ असोज ७ गते देखि गत असार २७ गतेसम्म निगमले १०पटक इन्धनको मूल्य घटाइसकेको छ । तर, गाडीभाडा भने यथाबतै छ ।  

सोमबार, २३ माघ २०७९, ०९ : ४२

प्रतिक्रिया