ajako artha
काठमाडौँ - रोजगारीको सिलसिलामा दोलखाबाट काठमाडौँ आएकी सीता मगर मेलम्चीको पानी आएसगैँ हर्षित छिन् ।
बर्खाभरी हर्षबढाइँ हुने सीता हिउँद लागेपछिपानीको अभावले चिन्तित हुने गर्थिन् । काठमाडौँको बङ्गलामुखीमा बस्दै आइरहेकी सीताको धारामा हिउँद लागेसँगै पानी सुक्थ्यो। बर्खामा धाराभरी हुने पानी हिउँद लागेसँगै सुकेपछि उनी चिन्तित बन्ने गर्थिन् । वर्षै साल हिउँदमा उनी लगाएत् बङ्गलामुखीमा डेरामा बसोबास गर्दै आएका सम्पूर्ण जनमासलाई पानी किनेरै चलाउँनु परेको उनको भनाई छ ।
पानीको मूल नजिक भएका घरहरूले मिसिनबाट पानी तानेरै मूल सुकाएको उनी बताउँछिन् । पानी किनेरै खाँदा खाँदा दिक्क बनेको र ट्याङ्करकै पानीले विगत लामो समय देखि हिउँदे जीवन चलिरहेको उनी बताउँछिन्।
तर अहिले मेलम्चीको पानी घरघरमा सञ्चालन्मा आएपछि उनी लगाएत् सम्पूर्ण डेराबासी हर्षित बनेका छन् । त्यो मात्र नभएर बङ्गलामुखीको ६ वटै धाराहरु पूर्ण रुपमा सञ्चालनमा आएका छन् । यो वर्षको हिउँद मेलम्ची आएर निकै नै सहज बनेको उनको भनाई छ ।
-शोभा धिताल
प्रतिक्रिया